दुखद खबर :तिब्र गतिको मोटरसाईकल दुर्घटना, पानी-पानी भन्दै छटपटाएका हरिको अस्पताल लादै गर्दा बीच बाटोमै मृत्यु, परिवारमा रुवाबासी..

सिरहाको धनगढीमाई नगरपालिका–७ मा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान सवा १० बजे अनटेष्ट मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिराहाले जनाएको छ ।

यो पनि- बागमती नदीमा पक्की पुल-बागमती प्रदेशको राजधानी हेटाँैडा र सिन्धुली जोड्ने सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटाँैडाले जनाएको छ ।

पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ ।विसं २०६८ असार २९ गतेदेखि सुरु भएको सो पुल ११ वर्षपछि निर्माण भएको र सो पुलबाट सवारी साधन आवागमन सुरु भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।

जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताउनुभयो । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौँडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ ।

सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ ।

मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कूल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

रु २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो ।

पटकपटकको म्याद थप हुँदासमेत काम नगरेपछि १० प्रतिशतको हर्जनासमेत असुल उपर गरी पुल निर्माण सम्पन्न गराइएको उक्त कार्यालयका प्राविधिकले जनाएको छ ।

Post a Comment

Previous Post Next Post