पिउँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया


नेपाली समाजमा चिया केवल एक पेय मात्र नभई संस्कार नै बनेको छ । जाडो मौसममा त
झन् सबैले चिया खाने गर्दछन् । अधिकांशले चियामा मिल्क टी र ब्ल्याक टी खाने
गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् ।




कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि
स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया अहिले विदेश र नेपालका सीमित सहरमा
पाइन थालेको छ ।

शारीरिक रूपमा अस्वस्थ रहेका चिया पारखीलाई फलफूलको चियाले
कुनै हानी पुर्‍याउदैँन । फलफूलमा पाइने भिटामिनहरू चियामै पाइने फलफूल चियाको
विशेषता हो । यसले स्वास्थ्यमा केवल लाभ पुर्‍याउँछ ।



घरमा सजिलै फलफूलको रस निकालेर बनाउन सकिने फलफूलको चिया स्वस्थ्य र
केमिकलरहित हुन्छ । स्वाद अनुसारका अर्ग्यानिक फलफूलको चिया बच्चादेखि बुढाबुढी
अनि बिरामी सबैले खान मिल्छ । मौसम अनुसारका जुनसुकै फलफूलको पनि चिया बन्न
सक्छ ।



फलफूलको चिया बनाउन एउटा सफा भाडामा थोरै चिया पत्ती र एक कचौरा काटेको
फलफूलको टुक्रा हालेर केही बेर उमाल्नुहोस् । त्यसपछि यसलाई सेलाएर वा तात्तातै
पनि खान सक्नु हुन्छ ।


Post a Comment

Previous Post Next Post