आज शुक्रबार घ,ट्यो कि बढ्यो सुनको भाउ हेर्नुहोस् तोला को कति पुग्यो

सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।शक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

Post a Comment

Previous Post Next Post