दुखद खबर – जीप दुर्घटना हुँदा १० जना घाइते, २ जनाको अवस्था गम्भीर, यो देखेर धेरैलाई रुवायो..

दाङको तुलसीपुरमा आज दिउँसाे जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ ।

जुँगारबाट तुलसीपुरका लागि छुटेकाे रा १ ज ५१० नम्बरकाे जीप राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ चोर खोला नजिकै दुर्घटनामा परेको थियो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटना भएको जानकारी दिनुभयाे ।

घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post