बिर्तामोडबाट दुईजना पक्राउ काम नै यस्तो गर्ने रहेछन्

झापाको बिर्तामोडबाट प्रतिबन्धित लागूऔषध ११ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।बुधबार दिउँसो २ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी।

पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बिर्तामोड ३ घर भई वडा नं ४ सयपत्री मार्गस्थित श्यामसुन्दर प्रसाद राजवंशीको घरमा डेरा गरी बस्ने २६ वर्षीय प्रमोद शाहलाई पक्राउ गरेको हो ।

उनकै कोठामा खानतलासी गर्दा २ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर, नगद ११ हजार ५४० रुपैयाँ, मोबाइल ७ थान फेला पारको थियो । उनलाई नियन्त्रणमा लिई ईप्रका अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यस्तै, हिजो दिउँसो ४ बजे बिर्तामोड ४ स्थित न्यू होलिडे होटलभित्र ईप्रका अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मेचीनगर १ का ३९ वर्षीय ओम चौधरीलाई पक्राउ गरेकाे छ ।

शंका लागेर शरीर खानतलासी गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई पनि नियन्त्रणमा लिई ईप्रका अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

Previous Post Next Post