दुखद खबर : चुनाबको मुखैमा ठुलो चर्चित नेताको दुखद निधन,पुरै पार्टी डुब्यो शोकमा..

काठमाडौं ।संविधानसभा सदस्य एवम् मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको

आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।डा. झा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन् ।

२०७५ सालमा मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मशेस प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी उनलाई जसपामा विवाद चुलिँदा एक वर्ष अघि मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए।

झा को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि रौतहटको मसहरी लैजाने तयारी भईरहेको छ । उनका एक छोरा छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post