भक्तपुरको मध्यपुरथिमिमा भयो डरलाग्दो घ,टना

मोरङ सुन्दर हरैचा नगरपालिका-९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमे रोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो

पर्खालबाट हामफाल्दा आमाको मृ,त्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् कमेरोटार स्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृ,त्यु

भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमि ल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचा रपश्चात वीर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइए को र थप उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा सुसाइट नोटसमेत भेटिएको छ । यसबारेमा बुझ्दा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको

शारीरिक र मानसिक पीडा सहन नसकी मृ,त्यु रोजेको विषय लेखेको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान जारी रोखको उहाँले बताउनुभयो ।

Post a Comment

Previous Post Next Post