
थाने कुमाल अहिले उमेरेको हिसाबमा ९० बर्षका भए । उनले आशा अब यो ढंगबाट छोडे कि जिन्दगीमा केहिपनि पाउन बाकि नरहेको र केही नभएको पनि उनी सहजै स्विकार्छन् ।
घरमा छानो छैन नत बिजुलि बत्ति नै छ नत पानिनै छ तर पनि उनी बाच्ने हिम्मत राख्छन् ।बुवाको शरिरमा थोत्रा लुगा ती पनि च्यातिएका र निकै मैला देखिन्छन् । खुट्टाभरि घा*उ पालेर बसेका उनी नत हिड्न सक्छन् नत राम्ररि आँखा नै देख्छन् उनका खुट्टामा चप्पल पनि देखिदैन उनी घिस्रिदै हिड्छन् ।उनले आफ्नो श्रीमती सहित तीन सन्तानलाई समेत जमानामै गुमाएको र त्यो समय भन्दा अहिले जीवन भयावह भएको उनी बताउँछन् ।
बुवालाई अन्न समेत अहिलेसम्म छरछिमेकले नै दिदै आएको र छेउमा पाईने सिस्नो निगुरो र जरिबुटि कन्दमुल खादै आएको र जेनतेन सास अड्याइरहेको उनी बताउछन् । नत उनिले राम्रो उपचार नै पाएका छन् नत बस्ने बास नत राम्रो गाँस नै पाएका छन् ।
कतिदिन उनी भोकभोकै बसेको समेत समीक्षा गर्छन् ।जिवनबाट हारखाइसकेको उनको जिवनशैलिबाट सहजै बुझ्न सकिन्छ ।
हेर्नुस् भिडियो सामाग्री