बिद्यालय जहाँ बिगत ६० वर्ष देखि पानी छैन। बिद्यार्थीहरुले पानी पिउन खोला झर्नु पर्छ। यो केराघारी खोला हो, स्कुल देखि झन्डै ३०० मिटल तलतिर छ।
यो सिंगो गाउँनै यहि खोलाको पानी खाएर बाचिरहेको छ। कपडा धुन होस् या भाडा माझ्न होस् चाहे गाइबस्तु तथा बाख्रापाठाहरुले खानैका लागि किन न होस् सबै सबै चिजहरुमा यहि खोलाको पानी प्रयोगमा आउछ। यो समस्या समाधान गर्न वडा अदक्ष्य पन्छिए तर गाउँपालिका अधक्ष्य सँग जबाफ माग्दै गर्दा उनले १ महिना भित्र समस्या समाधान गरिदिनुछु भनेर हामीलाई बचन दिएका छन्।
दाङको तुलसीपुर देखि झन्डै १३ किलोमिटर आधा पक्कै र आधा कच्ची बाटो हिडेपछि शान्तिनगर गाउँपालिका ३ केरा बारी भन्ने ठाउँ आउछ। गाउँ गाउँमा सिहदरवार भन्दै स्थानीय सरकार देखि प्रदेश सरकार बने तर २०१७ सालमा स्थापना भएको
नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय केराघारीमा हाल भने सम्म खाने पानीको हाहाकार रहेको खबर सुनेपछि यति बेला हाम्रो टिम यस ठाउँमा आएको छ। गाउँ पुगेपछि सुरुमै हामीले स्कुल ब्यबस्थापना समितिका अध्यक्ष बिर बहादुर बिकलाई भेट्यौं।
बिद्यालय जाने बाटोमै रहेछ केराघारी खोला। हामी खोलामा पुग्दै गर्दा बिद्यार्थीहरु पानी खान खोला झरेका थिए। कोहि पानी खान मात्र झरेका थिए त कोहि पानी लान ग्यालिन र गाग्री लिएर आएका थिए। खोलाको पानी मुल बाट आएता पनि बाहिर
ब्यबस्थित गर्न सकिएन भने त्यसै दुषित हुन्छ। यो पानी सुद्ध छ भनेर कसरी भन्ने जहाँ नुहाउने, कपडा धुने, भाडा माझ्ने र बाख्रालाई पानी खुवाउने गरिन्छ। न त यो पानी ढाकछोप नै गरिएको छ। यहि पानी साना साना बालबालिका देखि बृद्ध सम्मले खानु पर्ने बाध्यता छ।
केहि वर्ष अघि एउटा ingo ले यस बिद्यालयमा धारा जडान गरिदियो तर खोलाको पानी माथि तान्न मोटर नहुँदा धारामा पानी आउन भने सकेन। यस बिद्यालयमा रहेको पानीको समस्याबारे वडा अध्यक्ष बुद्धिराम तिवारीलाई भेट्न हामी वडा कार्यालय
पुग्यौं तर कार्यालय पुग्दा वडा अधक्ष्य त्यहाँ थिएनन्। केहि गरिपनि वडा अधक्ष्यलाई हामीले भेट्न नसके पछि हामी यसै गाउँपालिका अधक्ष कमान सिं डागीलाई भेट्न गयौँ। हामी संग कुरा गर्दा अधक्ष डागीले सकारात्मक प्रतिक्रिया तथा प्रतिबद्ता दिएका छन्।
बिद्यालयमा पानीको समस्या र समाधानको बिषयमा तयार गरिएको यस भिडियो रिपोर्ट संगै अब हाम्रो यात्रा, फरक ठाउँ र फरक बिषयमामा केन्द्रित हुने छ।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।