ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् ।
नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृ,त्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृ,त्यु भएको हो ।
सो गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका अनुसार मृ,त्यु हुने अन्यमा काइँलीकी माहिला छोरापट्टिका छोरा नौ वर्षीय आशिष स्याङ्ता, सात वर्षीया आस्मा स्याङ्तान र कान्छी बुहारी २२ वर्षीया सुष्मा स्याङ्तान रहेका छन् । सुष्मा दुईदिने शिशुकी आमा हुन् ।
ढोका बेस्सरी लगाएका थिए। हावा नछिरोस् भनेर झ्यालमा बोराले क’सेका थिए। उनीहरू ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ, छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु थिए।
स्याङताङ परिवार आइतबार बेलुका खाना खाएर एकैठाउँ सुतेका थिए। कोही खाटमा, कोही भुइँमा सुतेका थिए। बेलुका सुत्केरी सेकाउनका लागि आ’गो बा’लेका थिए।उनीहरू इँटाको गारो र टिनले छाएको घरको दुई वटामध्ये एउटै कोठामा सुतेका थिए। अर्को कोठा बन्द थियो।
उनको घर केही परको बस्तीमा घर छ। सुत्केरी बुहारी र भदाहाको मुख हेर्न एकाबिहानै आएकी रोशनीले मुख्य ढोका बन्द देखिन्। ढोका खुलेन, झ्याल बेस्सरी धकेलेर उघार्दा भित्र परिवारका सबै जना मस्त निद्रामा झैं देखिन्थे। रोशनीले बोलाइन्, कसैले प्रतिक्रिया दिएनन्।
त्यसपछि रोशनी आ’त्तिँदै क’राउन थालिन्। नजिकका छिमेकी उनकै दाजु ३८ वर्षीय राजु स्याङताङ पहिले उठे। राजुसहितका गाउँले भेला भएपछि आफैं झ्यालबाट छि’रेर ढोका उघारिन्। जसमध्ये अब सुभाष स्याङताङ मात्रै बाँकी छन्।
सुत्केरी श्रीमती, शिशुसहित परिवारका सबै जनाको मृ”त्यु भइसकेको छ। महानगरीय प्र’हरी परिसर ललितपुरका प्रमुख प्रह’री वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सोमबार बिहान साढे सात बजेतिर काइँला स्याङताङकी छोरी रोशनी घलान घर आएकी थिइन्य
तिबेलासम्ममा वडाध्यक्ष तीर्थराज घलान आइपुगिसकेका थिए। उनले प्रहरीलाई खबर गरे। इलाका प्र’हरी कार्यालय कोन्ज्योसोमलाई खबर गरेपछि प्र’हरी टोली पुग्यो। टोली पुग्दा सुभाष र दुई दिनको शिशु जीवितै थिए।
टोलीले तत्काल उनीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो। शिशुको उपचारकै क्रममा मृत्यु भइसकेको छ भने सुभाषको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
हेर्नुहोस् भिडियो