१०२ बर्षिय वृद्धलाई १५ बर्षको जेल सजाय..

तमिलनाडुको तिरुवल्लुरमा नाबालिग किशोरीको यौ’ न शोषण गर्ने वृद्धलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ ।घटना करिब ४ वर्ष पुरानो हो । अदालतले नाबालिगको यौ’ न शोषण गर्ने १०२ वर्षका दोषी के परशुरामनलाई १५ वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले आफ्नो आदेशमा दोषीलाई १० वर्षको कठोर कारावास र ५ वर्षको साधारण कारावासको सजाय दिइने बताएको छ । इण्डियन एक्सप्रेसका अनुसार दोषीले २०१८ मा एक नाबालिग किशोरीको यौ’ न शोषण गरेका थिए । तिरुवल्लुरको महिला अदालतले दोषीलाई पीडित किशोरीलाई ४५ हजार रुपैयाँ हर्जाना दिन र ५ हजार रुपैयाँ जरिवाना तिर्न पनि आदेश दिएको थियो ।

Post a Comment

Previous Post Next Post