२१ बर्षिय गर्भबती युवती बन्द कोठामा भोक भोकै, रुदै यस्तो अवस्थामा फेला

महामारीका समयमा दैनिक ज्यादारी गरेर खानेहरुको विजोग भएको छ । सामाजिक सजालमा अहिले एक जोडीको भिडियो सार्वजनिक भएको छ । जहाँ युवती गर्भवती छन् ।

उनले दुई दिन देखि खान नपाएको बताउँछिन् ।
भिडियोमा उनका पति पनि संगै छन् । अस्ती दुई दिन भोकै बस्यौं कुनै उपाय छैन गर्भवती श्रीमतीलाई कसरी जोगाउने ? उनी निकै चिन्तित देखिन्छन् ।

गर्भवती युवती भन्छिन्, निकै पेट दुखेको छ , अलिकति पैसा भए खानेकुरा किन्न हुन्थ्यो ।अहिले त यस्तो अवस्था छ सन्तान जन्मिएपछि कसरी हुर्काउने होला ? निकै चिन्ता लागेको छ ।

गर्भवती अवस्थामा पोशिलो खानेकुरा खानुपर्ने अवस्थामा उनले दुई छाक खाना पनि खान पाएकी छैनन् । उनीहरु दैनिक ज्यालादारी गरेर भोक मेटाउने परिवार हो ।

भएको दिन एक छाक खाना बनाउँछौं दुई जनाले बाँडेर खान्छौं । अहिले सम्म कोठामा भएको खानेकुरा सकियो । दुई दिन देखि केही खान पाएका छैनौं त्यही भएर तपाईहरुलाई बोलाएका हौं, हामी अब कसरी बाँच्ने होला ? उनले रुँदै भने । भदौको दोस्रो साता सुत्केरी हुने मिति डाक्टरले दिएको छ ।

Post a Comment

Previous Post Next Post