यौनाङ्गमा रक्ताम्य र अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु

मोरङको सुन्दर हरैचा – ७ मा ‘यौनाङ्गमा रक्ताम्य र अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । शुक्रबार साझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।

उनको उपचारको क्रममा आज बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताएका छन् ।

बालिकाको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिएका छन् ।
सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बालिकाको बलात्कार भएको आशंका गरिएको बताए । उनले भने, ‘यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेका रहेछन् ।

गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भयो ।’ अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट छ ।

Post a Comment

Previous Post Next Post