काठमाडौंबाट डरलाग्दो गिरोह पक्राउ, सबैको हातमा हतगडी

८ चैत, काठमाडौं । फागु पूर्णिमाको दिन सार्वजनिक स्थानमा झगडा गरेको अभियागमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२१, लगन घर भएका अनिज नेपाली, सुमन नेपाली र एक जना १६ वर्षीय नाबालक छन् ।

गत बिहीबार होलीका वेला किशोरकिशोरीबीच भएको झगडाको विषयलाई लिएर शुक्रबार कोहिटीमा गएर दुईजनालाई कुटपिट गरेको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार पक्राउ परेकाहरुले नाइन स्टिक (दुईतिर काठ र बीचमा सिक्री भएको सामाग्री) ले प्रहार गरेर १८ वर्षीय साजन लामा र अर्का एकजनालाई घाइते बनाएका थिए ।

घटनालगत्तै स्थानीयले प्रहरी कन्ट्रोल १०० मा खबर गरेका थिए । त्यसक्रममा प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूअारटी) पुगेको थियो । त्यतिवेला प्रहरीसँग पनि सामान्य घम्साघम्सी भएको थियो । तर झगडा गर्नेहरु पक्राउ परेका थिएनन्, प्रहरीले दुई जना पीडितलाई उद्दार गरेर ट्रमा सेन्टर पुर्‍याएको एसपी मैनाली बताउँछन् ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी डिलबहादुर मल्लका अनुसार फागु पूर्णिमाको दिन कोहिटीका व्यक्तिहरुले लगनका केही व्यक्तिलाई खुकुरी प्रहार गरेका थिए । त्यसको प्रतिशोधमा अर्को दिन लगनमा गएर त्यहाँका व्यक्तिहरुले कुटपिट गरेको मल्लले बताए ।

खुकुरी प्रहार गर्ने व्यक्तिलाई पहिल्यै कालिमाटी प्रहरीले पक्राउ गरिसकेको थियो’ उनले भने, ‘तर मुख्य व्यक्ति अझै पक्राउ नपरेको भन्दै उनीहरु आफैं कुटपिट गर्न गएका रहेछन् ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न मुलुकी अपराध संहिता, २०७४ को अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन म्याद थप गरिएको एसपी मैनालीले बताए ।

Post a Comment

Previous Post Next Post