अर्काकि श्रीमती लिएर हि ड्ने ना ठो लाई बाधेर कु ट्न गाउँ नै उल्टिएपछी यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

केही समय अघि इलामको माइ नगरपालिका ५ आहालेटार कि शसिता माबो आफ्नो श्रीमानले अर्कैको श्रीमती लिएर फरार भएको भन्दै खोजी गरिदिन सहयोगका लागि मिडियामा आएकी थिइन ।

दुई छोरा समेत रहेकी सशिता र श्रीमान शक्ति राईको बिबाह भएको १५ वर्ष पुगिसकेको उनको भनाई छ । अहिले श्रीमानले काम गर्दै बसेको ठाउँबाट नै अर्कै श्रीमतिलाई लिएर फरार भएको सशिताले बताएकी छिन । श्रीमानले आफू र छोराहरुको बिचल्नी बनाएको बताईन ।

सशिताका श्रीमान इलामको थाक्ले भन्ने ठाउँमा काम गर्नको लागि गएको ससीता बताउँछिन । श्रीमान थाक्लेमा काम गर्न गए देखि नै आफुसगँ राम्रो बोल्न पनि छोडेको र घर समेत त्यति आउन छोडेको उनको भनाई छ । ७/८ महिनामा घर आएता पनि केही खर्च समेत नदिई हिँड्ने गरेको सशिताको भनाई छ ।

थाक्लेमा काम गर्न गए देखि नै श्रीमान शक्ति त्यहिकी सोनु राईसगँ लागेको उनले बताएकी छिन । काम गर्न थाक्ले जादाँ श्रीमान त्यहिँका एक लिम्बू दाईको घरमा बस्ने गरेको उनले बताईन ।

अहिले श्रीमान सगँ फरार भएकी सोनु राई सोही घरकी लिम्बू दाइ कि श्रीमती भएको उनले बताईन । लिम्बू दाइ भने वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेको उनले बताएकी छिन । काम गर्न त्यहाँ गए पछि काम गर्नेहरु त्यही लिम्बू दाइको घरमा बस्ने गरेको र श्रीमानको सोनुसगँ सम्बन्ध भएको उनले बताईन । सोनुसगँ सम्बन्ध भएपछि।

श्रीमान घर पनि आउन छोडेको उनले बताएकी छिन । उनिहरु बिच शारीरिक सम्बन्ध पनि पहिले देखि नै हुने गरेको उनको भनाई छ ।उनिहरुको सम्बन्ध रहेको कुरा बाहिर आए पछि स्थानियहरु राखेर छलफल समेत पहिले भएको उनको भनाई छ ।

छलफलमा अब यस्तो नहुने भन्दै सहमती गरेको भएता पनि अहिले भने श्रीमानले सोनुलाई लिएर नै फरार भएको उनले बताएकी छिन । शक्तिले त्यसरी अर्कैकी श्रीमती लिएर हिँडे पछि त्यहाँका स्थानियहरुले भने सशितालाई शक्तिले बिचल्नी बनाएको भन्दै सजाय हुनु पर्ने बताएका छन । अहिले सानो ५ वर्षको छोरा र अर्को जेठो छोराको बिचल्ली भएको उनिहरुको भनाई छ ।

सशिताले भने यसरी फरार हुनु भन्दा पनि आएर छलफल गर्नु पर्ने बताएकी छिन । आफू र छोराहरुले पाउने अधिकार पाउनु पर्ने उनको माग छ । साथै आफू र छोराहरुको बिचल्नी पारेको भन्दै श्रीमान शक्ति र कान्छी श्रीमती सोनुलाई सजाय हुनु पर्ने उनले बताईन ।

स्थानियहरुले भने सोनु पहिले पनि दुई तीन चोटि पोइला जाने आउने गरेको बताए । अब शक्तिले सम्पर्कमा आएर छलफल गरि कानुनी हिसाबमा पाउने अधिकार दिएर सहमती गर्नु पर्ने स्थानियको भनाई छ ।

भिडियो हेर्नुस:-

Post a Comment

Previous Post Next Post