बुवा अक्सिजनको कमिसगै बिस्तारामा थला उता आमा पनि परदेशमा । संजिब पोखरेल बाह्र बर्षको हुदा उहाको बुवा बित्नु भो ,बुवालाई मुटुको समस्या थियो ।
बुवालाई उपचार गर्दा लागेको ऋण तिर्न संजिब १२ बर्षको कलिलो उमेरमानै भारत जानुभयो र भारतमा ८ बर्षसम्म होटलमा काम गर्नु भयो । काम गर्दैगर्दा उहाको मुखबाट एकाएक र गत बग्न थाल्यो ,उपचार पश्चात् उहाको रिपोर्ट आयो टिभि भएको । यो रोगको सिकार भएसगै उहाँ २० बर्षको उमेरमा नेपाल फर्किनुभयो ।
नेपाल आइसकेपछि उहाको स्वास्थ्यमा सुधार आयो अनि उहाले बिवाह गर्नुभयो ।बिवाह पश्चात् पुर्ण कमाउन भन्दै बिदेशको तयारि गर्दागर्दै उहाको मेडिकलमा छातिमा दाग देखियो र निमोनिया भएको बताइयो । त्यश पश्चात् उहाको स्वास्थ्यमा झनझनै समस्या देखिदै गयो ।
छोरोको यस्तो हाल देख्न नसकेपछि छोरोलाई उपचारमा सहयोग होलाकि भन्दै ५० बर्षिय आमा कुबेद जानुभयो ।करिब ७ बर्ष कुबेदमा बस्दा ८-१० लाख पैसा कमाउनु भयो तर त्यो सारा पैसा छोरोको उपचारमा नै सकियो । आमा अहिले नेपाल फर्किएको दुई बर्ष भयो र बुहारि आमाकै ठाउमा कुबेद गएको दुई बर्ष भयो ।
श्रीमानको दबाइ खर्च जुटाउन सकिएला भन्दै उनी कुबेद लागेकि हुन ।आमाले कमाएको बुहारिले दुई बर्ष कमाएको सबै उपचारमानै सकियो । घरमा भएका बाख्रा पाठा गरगहना सबै नै बेच्नुभयो र सारा सम्पति नै उपचारमा नै सकियो ।अब आमासग केही पनि बाकि छैन ।यत्रो सबै गर्दा पनि छोरो २० को १९ भएनन् उता सानि छोरि आफ्नो बुवालाइ बचाइदिनु भन्दै हात जोड्दै धरधरि रुन्छिन्।