नवलपुरमा घट्यो दुःखद घटना

पूर्वी नवलपरासीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् ।पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ सिजी गेट अगाडि भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छनज् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सि.जि.गेट अगाडी पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५३ प ४२०९ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री देवचुली १६ फारम वस्ने बर्ष ३५ को राकेश कुमार जैसवाल घाईते भएका हुन् ।

उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपूर लगेको, टाउको, खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

Post a Comment

Previous Post Next Post