वि.सं. २०७८ चैत्र १० गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय :
बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, चन्द्रास्त : दिउँसो १०:५५ बजे र चन्द्रोदय : बेलुका १०:४४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे, चैत्र कृष्णपक्षको सप्तमी तिथि, मध्यरात्रीपछि ०१:३२ बजेसम्म, त्यसपछि अष्टमी तिथि, ज्येष्ठा नक्षत्र, साँझ ०७:०० बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, साँझ ०७:०० बजेसम्म, त्यसपछि धनु राशिमा, सिद्धि योग, बिहान ०९:०८ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो ०२:४४ बजेसम्म,
त्यसपछि बब करण मध्यरात्रीपछि ०१:३२ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : रातो (साँझ ०७:०० बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (साँझ ०७:०० बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : सूर्योदयपूर्व ०३:४४ देखि भोलि बिहान ०३:५५ सम्म, नक्षत्र शूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : गुरु बृहस्पतिको उदय (बिहान ०६:०२ बजे), विश्व क्षयरोग दिवस
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ११ गते : अष्टमी व्रत, गोरखकाली पूजा, प्रथम शीतलाष्टमी व्रत, दुदुच्याँच्याँ, वासेरा, १२ गते : मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र, १३ गते : गुरु बृहस्पतिको बालत्व दोष समाप्ति (बिहान ०६:०२ बजे) – आजदेखि काम्यकर्म र यज्ञयागादि गर्न मिल्ने, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुरा काट्ने र विरोध गर्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । मुड घरिघरि अशान्त बन्नसक्छ, योग र मेडिटेशनप्रति आकर्षित हुनु राम्रो हुन्छ, किनभने आज मिहिनेत गरेमा हरेक क्रियाकलापमा सफल बन्न सकिने दिन छ । स्वास्थ्यमा कमजोरी र शरीरमा आलस्य जाग्नाले कारोबार प्रभावित हुने समय छ, अरूको करकापमा परेर काम गर्नुपर्ने परिस्थितिसमेत देखिन्छ ।
आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वायुपुत्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ ।
आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नहुन सक्छ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । झगडालु र घमण्डी मनोवृत्तिको उदय हुनेछ, तर कुनै परीक्षा वा प्रतिस्पर्द्धाको तैयारी गर्दै हुनुहुन्छ भने खेलवाड र मनोरञ्जन त्याग्नुहोला ।
आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परीक्षा वा अन्तर्वाता छ भने सफलता मिल्नेछ, प्रतियोगी/प्रतिस्पर्द्धीमाथि हाबी हुने समय हो । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि अहिले बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नु बेस हुन्छ । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ ।
आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ । कुनै प्रशासनिक काम वा आधिकारिक यात्रा स्थगित हुनसक्छ । नयाँ लगानी वा व्यापारविस्तारका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अत: व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन ।
आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: भद्रकाल्यै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुनेछ ।
आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुरुमा कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही र जुनियर स्टाफ रुष्ट हुनसक्ने समय हो, तर पछि सहकर्मीको साथ पाउनाले कुनै जटिल समस्यासमेत हल गर्न सकिने छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । बोलीमा विशेष सामर्थ्य भएको राम्रो दिन छ । आज आफ्नो रूपविन्यास र साजसज्जाका निमित्त केही धनराशि खर्च गर्ने समय छ ।
आजको भाग्यबल ०५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, सचेत हुनुहोला । लगनशील भएर ध्यान केन्द्रित गरेमा उत्कृष्ट परिणाम प्राप्त हुने समय हो, अझ मिहिनेत गर्नुहोस्, तपाईंको प्रयासमा भाग्यले समेत साथ दिनेछ । स्थान परिवर्तन गर्ने वा काम बदल्ने धारणा छ भने प्रयास गर्ने समय हो । जानकार वा अनुभवीको सल्लाह लिएमा फाइदा हुनेछ ।
आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उच्च महत्त्वाकाङ्क्षा राख्नु ठीक होइन, सानो लापरबाहीले दूरगामी भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । धन, मान र प्रतिष्ठामा विकार भएको परिस्थिति छ, अत: जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै दायित्व र जिम्मेवारीप्रति हेलचक्र्याइँ गर्नुहुँदैन । शरीर भारी हुने समय हो, कुनै काम गर्दा सामान्य त्रुटि हुनसक्ने वा बिलम्ब हुने लक्षण छ । बरु बित्ने परिस्थिति छैन भने काम छाडेर आराम गर्दा उचित हुनेछ ।
आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : छिरबिरे/रङ्गीबिरङ्गी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । जीवनसाथी वा प्रेमी/प्रेमिकाका तर्फबाट खुसीको खबर सुन्न पाउनु हुनेछ । पुरुषले ससुरालीमा र महिलाले माइतीमा सम्पर्क गरी खैखबर बुझ्नु होला । गृह निर्माण, फर्नीचर र साजसज्जाका सामाग्री, शयन उपकरण, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारबाट मनग्ये लाभ पाउने दिन हो ।
आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । मौखिक अभिव्यक्तिका काम अर्थात् रिसेप्सन, कर्मकाण्ड, शिक्षण, वकालत, लेखन/प्रकाशनको काम र साहित्य/सङ्गीत आदि क्षेत्रका व्यक्तिले सम्मान पाउने र फाइदा बटुल्ने दिन हो । कुनै नयाँ प्रस्ताव वा योजना छ भने यसमा खुलेर छलफल गर्नु मुनासिब हुनेछ । साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ, अरुलाई प्रभावित बनाउने कुनै पनि अवसर चुकाउनु हुँदैन ।
आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वास्तुदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्ने समय हो । हुन त घरपरिवार र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समयावधि हो, तर पनि उनीहरूलाई आफ्नो कमजोरी र उदार स्वभावको फाइदा लिन दिनुहुँदैन । सेवाग्राही र सहयोगीको भूमिका देखेर मन हलुका र प्रसन्न रहनेछ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ ।
आजको भाग्यबल २० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )