नाबालिग गायिकालाई कर णी गरेकाे मुद्दा लागेका नायक पल शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ ।
शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो ।बुधबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बहस चलिरहेको उनले बताए ।
जाहेरवालाको तर्फबाट पाँच जनाले बहस गरिसक्नुभएको छ,’ उनले भने । जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन् । जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, कानुन व्यवसायी शिवराज काफ्ले लगायत कानुन व्यवसायीले बहस गरेका छन् ।प्रतिवादीकातर्फबाट १० जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको कुवँरले जानकारी दिए ।
तनहुँकै कानुन व्यवसायी भानुभक्त सुवेदी, यदु खनाल लगायतले बहस गर्ने जनाएका छन् । स्रेस्तेदार कुवँरका अनुसार सम्भवत बुधबार बहस सकिँदैन् । ‘बहस नसकिन्जेल वकालतनामा दर्ता गराएर कानुन व्यवसायी अझै थपिन सक्नेछन्,’ उनले भने । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****