जाजरकोट – शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृ’त्यु भएको छ। सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृ’त्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।
अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृ’त्यु भएको हो।