बुबालाई गुमाएको ५ वर्षपछि झापाकी १८ वर्षीया अप्सनाले आफ्नै आमा अम्बिकालाई अन्माइन् एकल महिला भएर बाँच्न गाह्रो हुने कुरा छोराछोरीले बुझिदिएर आमाले रोजेको जीवनसाथी स्विकारीदिने हो।
भने ति आमालाई कस्तो महशुस होला रु अब यो कल्पनाको विषय मात्रै रहेन ।झपा बिर्तामोड नपा ७ निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीले विगत १ वर्षदेखि आँफुले मन पराउँदै आएका भारतका राहुल खटवानीसँगको प्रेम सम्बन्ध थाहा पाएसँगै उनकी १८ वर्षीया छोरी अप्सना शिवाकोटीले आमाको प्रेममा सर्मथन जनाइन्र
आमालाई सहयोग गरिन् । यसैबिच अप्सनाले आमाको सपनामा साथ दिँदै आमाले फेसबुक मार्फत रोजेका प्रेमीसँगै अन्माइदिइन् । जुन खबरले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ ।
नेपाली समाजले पचाउनै नसक्ने कुरा यि सहासी छोरीले आँटका साथ गरेको भन्दै उनको सहासी निर्णयलाई धेरैले सकारात्मक कदम भनेका छन् ।
विसं २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग वैबाहिक बन्धनमा बाँधीएकी अम्बिकाले एउटा दुखद दुर्घटनामा २०६७ सालमा श्रीमान् खगेन्द्रलाई गुमाएपछि एकल जिवन व्यतित गर्दै आएकी थिइन् ।
खैर जे होस् आमाको नजरबाट छोरीले देखेको कदम स्राहनीय छ । जुन कदम परिवर्तित समाजको एउटा गतिलो नजिरका रुपमा अडिने छ ।