पल शाह प्रकरणमा वकिल दिपक राई’ले गरे नयाँ खुलासा: म्यानेजरलाई यस्तो सम्म सजाय हुने : भिडियो हेर्नुहोस

एक १७ वर्षीया गायिकामाथि ब’ला’त्’का’र गरेको आ’रो’प लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ ।

उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।पलविरुद्ध गैँडाकोटमासमेत उजुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो । उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन् ।

१७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् । सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो ।

कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबर्जस्ती गरेको होइन ।

उनले आफू र आफूविरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन् । सो होटलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन् । होटल सञ्चालकले समेत आफूहरुले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ ।

प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ । गैँडाकोटमा बयानलगायतका अन्य प्रमाण प्रहरीले तनहुँमै पठाउनेछ । दुवै जिल्ला एकै प्रकृतिको घटनाको किटानी भएकाले तनहुँबाट अदालती प्रक्रिया अगाडि बढाइन लागेको हो ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post