जागिर दिने बहानामा फाराम भराउँदै पैसा असुल्ने विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अ’पराध महाशाखाको टोलीले आइतबार ती जब सेन्टरहरूमा एकसाथ छा’पा मा’रेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार ती जब सेन्टरहरूले जागिर लगाइदिने भन्दै फाराम भराउने, केही दिनको ट्रेनिङसमेत दिने तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको छ ।‘जा’हेरी आउनेक्रम जारी रहेकाले हामी भरेसम्म जब सेन्टरका नाम र सञ्चालकहरूको नाम उपलब्ध गराउछौँ’, महाशाखा प्रवक्ता कृष्ण कोइरालाले भने ।
जागिर चाहिएमा सम्पर्क गर्नू भन्दै विज्ञापन गर्ने र विभिन्न ब’हानामा पैसा अ’सुलेर बेवास्ता गर्ने गरेको अनुसन्धान अधिकारी बताउँछन् । कोटेश्वर, बानेश्वरलगायत ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले छा’पा मा’रेको थियो ।‘गाउँबाट आएका सोझा साझालाई जागिर दिने बहानामा ठ’गी गरेको पाइयो’, ती अनुसन्धान अधिकृतले भने ।
ती प्रहरी अधिकारीका अनुसार प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रूपैयाँसम्म ठ’गिएको पाइएको छ। उनले एउटा जब सेन्टरले त्यसरी काम गरेर मासिक १०/१५ लाख रूपैयाँ कमाउने गरेको बताए ।पक्राउ परेका व्यक्तिहरु
१.जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा नं. ६ ठुलापोखरी घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बस्ने का.जि. का.म.न.पा.१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे।
२.जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा न. ६ घर भई हाल जि. काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे ।३.जिल्ला लमजुङ दुधपोखरी गा.पा. २ घर भई हाल का.जि. तारकेश्वर न.पा. जरखुं बस्ने का.जि. का.म. न.पा. १६ बालाजु स्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर का सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा ।
४.जिल्ला सिराहा , सिराहा न.पा. वडा नं. १९ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने का.जि. का.म.न.पा. ३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक वर्ष २३ को विवेक यादव ।५.जिल्ला ओखलढुङगा सिद्दिचरण न.पा.वडा नं. ३ अधेँरी घर भई हाल का.जि. कपन बस्ने का.जि. का.म.न.पा.वडा नं. ३२ आकाशेपुल स्थित
-ABS Job and training Center pvt.Ltd र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक वर्ष २८ का अश्विन राई ।६.जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवा का सञ्चालक वर्ष २२ का घनश्याम पहाडी ।
७.जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि. चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने । ८.जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने का.जि.का.म.न.पा. ३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने।
९.जिल्ला रौतहट मौलापुर गाँउपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ कोटेश्वर बस्ने का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का रामवचन कुमार यावद ।