गर्भमा छोरा छ की छोरी ? यस्तो छ पत्ता लगाउने सजिलो घरेलु सुत्र

काठमाडौँ । छोरा या छोरी दुवै समान हुन्। हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ।

तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ।युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेका हुन्। उक्त नयाँ अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरिरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ जबकि छोरी भएको अवस्थामा भिन्न प्रकारको गन्ध आउने गर्दछ।

यो गन्धको आधारमा गर्भवती महिलाले छोराको जन्म दिँदैछिन् कि छोरीको जन्म दिँदैछिन् भन्ने थाहा हुन्छ। लीमर प्रजातिको बाँदरमा गरिएको थियो परिक्षणः युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परिक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन्।

यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोत मा उल्लेख गरिएको छ।

ब्लड हर्मोनमा हुँदैछ परिवर्तन : गर्भावस्थाको दौरान महिलाहरुको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढि मात्रामा हुने गर्दछ।

छोरा छ भने तेज गन्धः गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

मानिसहरुमा पनि यस्तै सम्भवः लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन्।यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा–छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन।

यदि गर्भमा छोरी छ भने गर्भवती महिलामा महिला हार्मोनको मात्रा बढेको हुन्छ। त्यसैले उनी धेरै मुडी हुन्छिन्। त्यस्तै, शारिरीक अंगहरुले पनि छोरा वा छोरी के छ भन्ने कुरामा संकेत गरिरहेको हुन्छ।यदि महिलाको स्तनको टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको गर्भमा छोरा रहेको हुन्छ। यदि ती महिलाको स्तनको रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको गर्भमा छोरी हुन्छ।

यदि गर्भवती महिलाको दायाँ स्तन बायाँ स्तनभन्दा ठूलो भएको छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि बायाँ स्तन दायाँ स्तनभन्दा ठूलो भएको छ भने, उनको गर्भमा छोरी हुन्छ।यदि गर्भवतीको पिसाबको रंग गाढा पहेंलो हुन्छ भने उनको गर्भमा छोरा रहेको भन्ने बुझ्न सकिन्छ यदि गर्भवतीको पिसाबको रंग हल्का छ भने उनको गर्भमा छोरी बसेको हुन्छ।

महिलाको खानपिनको शैलीले पनि गर्भमा छोरा वा छोरी छ भन्ने कुरा बताइरहेको हुन्छ। यदि गर्भवतीले नुनिलो खानेकुरा बढी मन पराउँछिन् भने उनको गर्भमा छोरा रहेको हुन्छ। त्यस्तै, यदि उनले गुलियो बढी मन पराउँछिन् भने उनको गर्भमा छोरी रहेको हुन्छ।

यदि गर्भवती महिलाको धड्कन सामान्य हुन्छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि गर्भवतीको धड्कन बढ्छ भने उनको गर्भमा छोरी रहेको हुन्छ।त्यस्तै, गर्भवती महिलाका श्रीमानको शरीरको तौल बढ्दै गएको छ भने, उनले छोरीलाई जन्म दिन्छिन् र यदि श्रीमानको तौल सामान्य छ भने उनले छोरालाई जन्म दिन्छिन्।

Post a Comment

Previous Post Next Post