आज (शनिबार) ह्यात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारदेखि हिजो (शुक्रबार) सम्ममा उक्त मूल्य घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ छ । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा २ हजार ८०० रुपैयाँले घटेर ९९ हजार ८०० रुपैयाँमा आइपुगेको छ । यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ८०० रुपैयाँले नै घटेर ९९ हजार ३०० रुपैयाँ छ ।

Post a Comment

Previous Post Next Post