जिल्ला प्रहरी कार्यालय चितवनले नारायणी नदीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।भरतपुर–१ स्थित नारायणी नदीमा तैरिरहेको अवस्थामा अन्दाजी ५५ वर्षकी एक महिलाको शव आज बिहान फेला परेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले शवको पहिचान हुन नसकेको जनाएको छ ।घटनास्थल मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि भरतपुरमा पठाइएको चितवन प्रहरीले जनाएको छ ।फोटोसहितको हुलिया प्रहरीले सार्वजनिक गर्दै आफन्त वा चिनजानको मानिस भएमा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।