साँझपख आफ्नै घर आँगनबाट अचानक हराईन ४ वर्षीया बालिका त्यसपछि...

अ’प’हर’णमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले आज साँझ एक नाबालिकालाई अ’पह’रण मुक्त गराउन सफल भएको छ भने अ’पह’रणमा सं’ल’ग्न र’हे’को आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अ’पह’रणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई आज साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले मुक्त गराएको हो ।

बालिकाको अ’पह’रणमा सं’ल’ग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

बिहीबार साँझ आफ्नै घर आँगनबाट अचानक नाबालिका बेपत्ता भएको भन्दै परिवारजले प्रहरीमा जानकारी गराएका थिए । सूूचना पाएलगत्तै प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले नाबालिकाको खोजी सुरु गरेको थियो ।

त्यही क्रममा नाबालिकाका बुबाको मोबाइलमा अ’पह’रणकारीहरूले रु १५ लाख फिरौती माग गर्दै गरेको फोनका आधारमा मोबाइल नेटवर्किङ पत्ता लगाउँदै अ’पह’रणकारीसम्म पुग्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । अ’पह’रण मुक्त गराउन सफल भएकी नाबालिकाको स्वास्थ्य परीक्षणपश्चात् आजै साँझ परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post