ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ साँघु मानेडाँडाका आमा छोराको संखुवासभामा भएको बस दु’र्घटनामा ज्यान गएको छ ।सन्तबीर घिसिङको श्रीमती ३१ वर्षीय समिक्षा योन्जन र छोरा।
८ वर्षीय सुदिप घिसिङको घ’ट्नास्थलमै नि’धन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । मृ’तकको संखुवासभा माइतघर रहेको बताइएको छ ।
मृ’तकको श्रीमान घट्नास्थल पुगि श’वको स’नाखत गरेको प्रहरी बताएको छ । श’वलाई पो,’ष्टमार्टमको लागि संखुवासभाको चैनपुर अस्पतालमा राखिएको छ ।त्यस्तै दु’र्घटनमा परी बसधनी तथा चालक तेह्रथुम औँसीडाँडाका ३५ वर्षीय बीपिन निरौलाको समेत नि’धन भएको छ ।
आज (बिहीबार) बिहान करिब साढे सात बजे भएको दु’र्घटनामा ताप्लेजुङ, तेह्रथुमका ३ सहित १५ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।दु’र्घटनास्थलमै १४ जना र एक जनाको उपचारको क्रममा मृ’त्यु भएवको हो । संखुवासभाको मादी नगरपालिका ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दु’र्घटना भएको हो ।
मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घ’टनास्थलमै मृ’त्यु भएको छ ।
त्यस्तै मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की रहेका छन् । यस्तै मादी नगरपालिका–५ की ३० वर्षकी युका पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ’त्यु भएको हो ।
घा’इते मादी नगरपालिका–५ बस्ने ३० वर्षीय सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ । उनीहरुलाई घ’टनास्थलबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।