काठमाडौं, चैत्र । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा एक किशोरी गम्भिर घाइते भएकी छिन् ।सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
कक्षा ११ मा अध्ययरत चौलागाईं होली खेल्न आफन्तकोमा गएकी थिइन् । उनको उपचार नेपाल मेडिकल कलेज, जोरपाटी भइरहेको छ ।