शिकार गर्न घरबाट निस्किएका २ बालक हराएको १ महिनापछि यस्तो अवस्थामा भेटिए पछि...

एजेन्सी । ब्राजिलको अमेजन रेन जंगलमा हराएका दुई बालक एक महिनापछि जिउँदै भेटिएका छन् ।दाजभाई रहेका ती दुबै बालक गत फेब्रुअरी १८ तारिखमा चराको शिकार गर्न भनेर घरबाट निस्किएका थिए ।

तर फर्केर नआएपछि उनीहरुको अवस्था अज्ञात भएको थियो । यो घटना ब्राजिलको मनीकोरको हो । दाजुभाईमध्ये दाई ग्लेसन कार्वाल्हो रिबेरो ८ वर्षका थिए भने भाई ग्लेको कार्वाल्हो रिबेरो ६ वर्षका थिए ।उनीहरु हराएको खबर सुनेपछि ब्राजिलियन प्रहरीले केही समय खोजी गर्यो पत्ता लगाउन सकेन र खोजी कार्य रोक्यो ।

तर स्थानीयले भने हार खाएनन् ती बालकको खोजी गरिरहे र अन्तिममा भेट्टाएरै छोडे ।१५ मार्चमा जंगलमा दाउरा काटिरहेका एक व्यक्तिले यी दुबै दाजुभाईहरूलाई देखे । उनीहरूलाई अब हवाईजहाजबाट राजधानी मानौस लगिने त्यहाँको जनसुरक्षा सचिवालयले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

दुबै दाजुभाइको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।जसमा उनीहरू निकै पातलोे र दुब्लो देखिएका छन् । उनीहरुको स्वास्थ्य अवस्थाका बारे जाँच गर्न ब्राजिल सरकारले स्वास्थ्य अकिारीलाई निर्देशन दिएको छ । उनीहरुका बारे थप अनुसन्धान भइरहेको ब्राजिलका संचारमाध्यमले जनाएका छन् ।

Post a Comment

Previous Post Next Post