पापी हजुरबुवाले आफ्नै टुहुरि नातिनीलाई गर्भवती बनाए पछी...

सङ्खुवासभाको चैनपुर नगरपालिका–७ की मीना लिम्बू (परिवर्तित नाम) ले सानैमा आमा–बुबा गुमाइन् । तर तीनभाइ काकाहरू र हजुरबुबा–हजुरआमा भएका कारण उनले टुहुरी अनुभूति गर्न पाएकी थिइनन् ।

अझ काकाले आफ्ना दुई छोरी हुँदाहुँदै पनि मीनालाई लिखितम् गरेरै पालनपोषण गर्ने प्रतिबद्धता जनाएपछि त उनले आफूलाई भाग्यमानी नै ठानेकी थिइन् ।काका–काकीले पालनपोषणको जिम्मा लिए पनि उनी आफूलाई जन्म दिने आमाबुबाको शेष जहाँबाट सकियो त्यहीँ अर्थात् हजुरबुबा–हजुरआमा बसेको घर (मूलघर) मा बस्न थालिन् ।

मूलघर र काकाको घर केही मिनेटको दूरीमा थियो । त्यसैले कहिलेकाहीँ काकाको घर पुग्थिन् । प्रायःजसो मूलघरमा हजुरबुबा–हजुरआमा अनि फुपूहरूसँग बस्थिन् ।दुई फुपूहरू कक्षा नौ र १० मा पढ्थे । मीना कक्षा चारमा पढ्थिन् । तर हजुरबुबाले भने आफ्ना छोरीहरू (मीनाका फुपू) लाई मात्र विद्यालय पठाउँथे ।

मीनाले भने घर–गोठकै काममा दिन बिताउनुपर्थ्यो । सबैले खाना खाएपछि मात्र मीनाले खान पाउँथिन् । सबैका जुठा भाँडा मोल्नुपर्थ्यो । यसैले पनि उनी पढ्नबाट बञ्चित थिइन् । स्कुल जान नपाउँदा साथीहरूसँग भेट गर्न नपाउँदा उनी एकोहोरीजस्तै भएकी थिइन् ।

मीनाका हजुरबुबा उमेरले ६८ वर्ष पुगिसकेका थिए । मीना उनका जेठा छोराकी छोरी हुन् । हजुरबुबा धामी–झाँक्री थिए । कतै धामी बसेर आउँदा मीनालाई फलफूल मिठाइ, राटी ल्याइदिन्थे । यसैले मीना हजुरबुबा, हजुरआमाको मायाबाट मख्ख थिइन् । तर उनका हजुरबुबाको नजर भने मीनाको नवयौ’वनमा परिसकेको थियो ।

Post a Comment

Previous Post Next Post