साथीहरुसँग निस्किएकी १६ बर्षिया रमालाई कलिलो उमेरमै….

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सा नजिकै भुतखोलामा डुबेर रुपन्देहीका १८ वर्षीय प्रसन्न पोखरेलको शुक्रबार मृत्यु भएको छ ।हातमुख धुन भुतखोलामा गएका रूपन्देही बुटवल उपमहानगरपालिका-८,

का पोखरेललाई प्रहरी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोखरेल तीन जना साथीहरुसँगै सिद्धार्थ राजमार्गको छेउमा पर्ने आङखना घुम्न पुगेका थिए । सोही क्रममा खोलामा हातमुख धुन जाँदा डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलामको माई नगरपालिका-१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राइको बिहीबार मृत्यु भएको छ । साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल बिष्टको बिहीबार मृत्यु भएको छ । उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

अछामको मंगलसेन नगरपालिका–३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिन बहादुर ढोलीको बिहीबार मृत्यु भएको छ ।

उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-१३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने रमा रानामगरको बिहीबार मृत्यु भएको छ ।

Post a Comment

Previous Post Next Post