दु,र्घटनामा चालक सहित १५ जनाको मृ,त्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट।
अन्दाजी ३ सय मिटर तल खसेको थियो । दु,र्घटनामा ४ जना घा,इते भएका छन् ।धरान, फागुन २६ गते । संखुवासभाको मादी नगरपलिकामा विहीबार भएको बा ४ ख ७३५ नम्बरको यात्रु बस दु,र्घटना हुनु अगाडि नै ब्रेकफेल भएको दु,र्घटनाका घाईतेले बताएका छन्। मादी नगरपालिका–६का ५० वर्षिय डम्बरबहादुर कार्कीले बस दु,र्घटना अगाडि नै ब्रेक फेल भएको बताएका छन्।
घा,इते भएर बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत रहेका कार्कीले सुरुमा हवाईजहाज कराए जस्तो आवाज आएको बताए। गुडिरहेको गाडीको आवाज परिबर्तन भएपश्चात मैले बसका चालक विपिन निरौलालाई गाडी रोक्न अनुरोध गरे तर चालकले बसलाई नियन्त्रणमा लिन नसकेको कार्कीले बताए।
बसलाई चालकले नियन्त्रणमा लिन नसकेपछी बसका सबै यात्रुहरु चिच्याउन थाले त्यहिँ बीचमा आफू मरिने हो कि भनेर बसको झ्यालबाट भाग्न खोज्दै गर्दा बस एक्कासी भीरबाट झरेको उनले सुनाए। उनले बस दु,र्घटनाहुने भएपछि आफूले बसको सिसा फुटाएर भाग्न खोजेको पनि बताए।
कालोपत्रे भएको बाटोमा गाडी कुदाउन सहजै भएपनि बस डेढ किलोमिटर माथि देखि नै अनियन्त्रित भएको उनको भनाई छ। गम्भिर घाईते भएर उपचारका लागि प्रतिष्ठान भर्ना भएकी मादी ५ की ३० वर्षिय युका पोखरेलको उपचारका क्रममा मृ,त्यु भएको छ।
चारैजनाको टाउको, अनुहार र शरिरका विचिन्न भागमा गम्भिर प्रकारका चोटपटक लागेपनि सबैजनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास साहले बताएका छन्। घा,ईतेको उपचारका लागि मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप हेलिकप्टरमा घा,ईतेसँगै धरान आएका छन्। उनले पक्की मोटरबाटोमा भएको बस र्दु,घटनाबाट सिंगो मादी नगरपालिका सोकमा डुबेको बताए।