मकवानपुरमा बस दुर्घटना, नुवाकोटका दुई जनाको मृत्यु

मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ भने घाइते हुनेको संख्या १५ पुगेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर–६ सुनाचुरी भुल चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेको संख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागि चितवन पठाईएको उनले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको उनको भनाई छ । उनले बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको उनले बताए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरीरहेको उनको भनाइ छ ।

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।

रुपन्देहीमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु, रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाईकलबाट खसेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापा रहेका छन् ।

घाइते उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट थापा खसेका थिए । दुर्घटना पश्चात मोटरसाईकल सहित चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।

Post a Comment

Previous Post Next Post