होलि खेल्दाखेल्दै छतबाट खसेकी एक महिलाको मृ’त्यु, एउटाको उपचार हुँदै..

काठमाडौं गोलढुंगामा छतबाट खसेकी एक महिलाको मृत्यु, अर्कीको उपचार हुँदैबिहीबार साँझ पहाडी भेगको होलीको रमझम बिस्तारै कम हुँदै गएको थियो।

साँझ ६ बजेतिर महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्र तारकेश्वर नगरपालिका-५ गोलढुंगातिरै थिए। होलीलाई बिदाइ गरिरहेको टोलमा हल्ला चल्यो- ए मान्छे खस्यो, मान्छे खस्यो!आफ्नो क्षेत्रमा गस्ती गरिरहेका डिएसपी गौतम तुरून्तै पुगिहाले।

तीनतले घरको छतबाट तल खसेका दुई महिला रक्ताम्य थिए।घाइते रहेको स्थानको नजिकै रेलिङ उछिट्टिएको थियो। गाउँलेहरू भेला भइसकेका थिए। होलीले रंगिएको वातावरण एकाएक भंग र भावुक बनेको थियो।गौतमले हत्तपत्त गम्भीर घाइते अवस्थाकी ४३ वर्षीया जीवनकुमारी खड्कालाई आफू चढेको गाडीमा नेपाल प्रहरी अस्पताल पठाए।

अर्को प्राइभेट गाडी खोजेर अर्की घाइते ३८ वर्षीया अञ्जु कार्कीलाई ग्रीनसिटी अस्पताल पठाए।खड्काको टाउकोमा गम्भीर चोट थियो। उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरे।कार्कीका हातखुट्टा भाँचिएका छन्। उनको गम्भीर अवस्थामै उपचार भइरहेको छ।गौतमका अनुसार त्यो घर हेमराज खड्काको थियो।

मृतक खड्का होलीमा आमन्त्रण गरेकी पाहुना थिइन्। घाइते कार्कीका दम्पती त्यही घरमा भाडामा बस्थे।‘दिनभर कहाँ कति समय होली खेले सबै कुरा बुझ्ने काम भइरहेको छ,’ मिश्र भन्छन्, ‘तर, अपराह्नपछि उनीहरू घरको छतमा बसेर रमाइलो गरिरहेका रहेछन्।

कोही रङ दलिरहेका, कोही फोटो खिचिरहेका थिए। आफन्त-साथीभाइ उनीहरू चार जोडी श्रीमान-श्रीमती थिए।‘रमाइलो गर्ने क्रममै सेल्फी खिच्न दुई जना रेलिङमा अडेस लाग्न पुगेछन्,’ मिश्रले भने, ‘दुबै जना रेलिङसँगै तल झरेका थिए।’खड्का र कार्की मोटा थिए। स्टिलको त्यो रेलिङले यी दुईलाई नै थेग्न नसकेको देखिएको मिश्रले बताए।

रेलिङको सबैभन्दा तलको भाग अचानक भाँचिँदा उनीहरू झरेका देखिन्छन्,’ मिश्रले भने।रेलिङ भाँचिँदा प्लास्टर गरिएको सिमेन्टको मसला नै चर्केर फुटेको छ। यसकारण रेलिङको तलको बनावट कमजोर थियो, स्टिलको रेलिङ पनि कमजोर नै देखिन्छ।‘यस घटनामा तीन वटा पक्ष देखिन्छन्, होचो रेलिङ, कमजोर बनोट र भार,’ गौतम भन्छन्, ‘अहिले हामी यी सबैबारे अनुसन्धान गरिरहेका छौं।

मृतक खड्काको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भएको छ। उनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ।‘चाडवाड मनाउने क्रममा रेलिङमा अडेस लाग्ने, फोटो खिच्नेजस्ता काम घातक नै हुन्छन्,’ गौतमले भने, ‘यो घटनाबाट पाठ सिक्न जरूरी छ।’गौतमका अनुसार यो घटना भवितव्यतर्फ पर्छ।

उता होली खेल्ने क्रममा घरको छतबाट खसेर घाइते भएकी १८ वर्षीया किशोरी विनिता चौलागाईंको उपचार भइरहेको छ।सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्थिन्। उनी बिहीबार बौद्धस्थित एक घरबाट खसेकी थिइन्।

उनको अहिले चाबहिलस्थित दीर्घायु अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।चौलागाईं साथीहरूसँग मिलेर त्यही ठाउँको एउटा घरमा होली खेल्न गएकी थिइन्। दुई तले घरको छतमा होली खेल्ने क्रममा खस्दा उनी छिमेकको अर्को घरको कम्पाउन्डमा लगाइएको फलामको बारमा बज्रिन पुगेकी थिइन्।

Post a Comment

Previous Post Next Post