पिर’को भिडियोबाट हटाइयो ‘यौ,नकर्मी’को दृश्य

गायक प्रकाश सपुतले आफ्नो हालै सार्वजनिक चर्चित गीत पिरको भिडियोबाट यौ,नकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले

यौ'न व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।शनिबार गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौ'न व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रा'तृ संगठनहरुले जनयु'द्धको अपमान गरेको भन्दै गीत हटाउन चे'तावनी दिएका थिए ।

गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयु'द्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चो'ट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post