अदालतमा पहिलो पटक भेटे पल ले आफ्नो म्यानेजरलाई , तनहुँ जिल्ला अदालतले १९ दिन पछी दियो यस्तो अनुमति ( भिडियो सहित )

बला”त्कार गरेको अ’भियोगमा प’क्राउ परेका नायक पल शाहलाई ५ दिन थप हि’रासतमा राखेर अनुसन्धान गर्न अ’दालतले अनुमति दिएको छ ।जिल्ला अ’दालत तनहुँले ५ दिन थप हि’रासतमा राखेर अनुसन्धान गर्न प्र’हरीलाई अनुमति दिएको हो ।

गत फागुन १५ गते प’क्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्र’हरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश गरेको थियो ।

पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यता नवलपुर जिल्ला अदालतमा भने शाहवि’रुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहूँ प्र’हरी हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो ।

नवलपुर प्र’हरीले उनीविरु’द्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो । अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दा’बी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिदैं नवलपुरमा दर्ता भएको जबरजस्ती क’रणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्र’हरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन ।

नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रह’रीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो । पुरा जानकारीको लागि 

भिडियो हेरेर थाहा पाउनुहोस।

Post a Comment

Previous Post Next Post