आजको राशिफल, वि.सं. २०७८ फाल्गुन ४ गते बुधवार आज श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ फाल्गुन ०४ गते बुधवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी १६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय :

बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, चन्द्रोदय : साँझ ०५:१८ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि जून लागिरहनेछ, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, माघ शुक्लपक्षको पूर्णिमा तिथि, बेलुका १०:३२ बजेसम्म, त्यसपछि प्रतिपदा (परेवा) तिथि, अश्लेषा नक्षत्र, दिउँसो ०३:३३ बजेसम्म, त्यसपछि ।

मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, दिउँसो ०३:३३ बजेसम्म, त्यसपछि सिंह राशिमा, शोभन योग, बेलुका ०९:१६ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा विष्टि/भद्रा करण बिहान १०:१२ बजेसम्म, त्यसपछि बब करण बेलुका १०:३२ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : सेतो (दिउँसो ०३:३३ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा :

उत्तर (दिउँसो ०३:३३ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : वायव्य (बेलुका १०:३२ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०६:०४ देखि भोलि बिहान ०५:४४ सम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज :

श्री पूर्णिमा व्रत, श्री स्वस्थानी व्रतको समापन, माघ स्नान, व्रत, यमनियमादिको समाप्ति, माघ यात्रा, झापा किचकबधमा मेला, सिपुह्नि (नेवारी पर्व), आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन) (द्रष्टव्य : भद्रा विचार गरी कार्य गर्ने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०५ गते : मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), ०६ गते : मूहुर्त : शुभविवाह, ब्रतबन्ध (उपनयन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), दीक्षाग्रहण (मन्त्र लिने), ०७ गते :

संकष्टी श्री गणेश चतुर्थी व्रत, बृहस्पति बार्द्धक्य आरम्भ (बिहान १०:३१ बजे, आज उप्रान्त काम्यकर्म निषेध), राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस, मूहुर्त : गृहारम्भ (घरको जग राख्ने), गृहवास्तु जुरेको दिन, घर छाउने/ढलान गर्ने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ ।

आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग रहने दिन हो ।

आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामकारोबारमा ध्यानकेन्द्रित हुनुका साथै आयको नयाँ स्रोतको पहिचान गर्ने दिन हो, बरु विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्नसक्छ । कार्यक्षेत्रमा परिवर्तनको धारणा आउन सक्छ, आयका मार्ग सुचारु गर्न र थप आयश्रोत बढाउन चिन्तन गर्ने समय छ । पार्टनरबाट कुनै नौलो कुरा सुन्न पाउँदा हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शत्रु र प्रतिस्पर्द्धीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ । विशेष ज्ञानको उदय हुने समय छ, बुद्धिकौशलको प्रयोग गर्नाले कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । नयाँ अनुभव वा ज्ञानराशि बटुलेर कारोबारलाई नयाँ ढंगले अघि बढाउने मनसाय बन्नसक्छ । हिसाबकिताबको मिलान र व्यवस्थापकीय जिम्मेबारीका लागि समेत केही समय छुट्याउनुपर्ने हुन्छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, सचेत हुनुहोला ।

आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अर्काय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नु ठीक हुन्छ । धन वा प्रतिष्ठा प्राप्तिका लागि भरपर्दो समय त देखिंदैन, यद्यपि नयाँ कामको प्रस्ताव आउनसक्छ, तर आज हरेक क्रियाकलापमा खर्चबर्चमा नियन्त्रण गर्ने दिन हो । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ । त्यसैले सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन ।

आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अर्काय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइने राम्रो दिन छ, बुद्धि र विवेकको सही प्रयोग गर्नसके शत्रुपक्षको समेत समर्थन जुटाउन सकिने छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ देवीद्यौराल्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गरेर बिग्रँदो आयस्रोतलाई उकास्न प्रयास गर्ने समय छ । बैङ्किङ, वित्तीय क्षेत्र, औषधी, फर्निचर, हातहतियार र फर्निसिङ क्षेत्रका व्यापारीहरू खुसी हुने दिन हो । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । अलि बढी मिहिनेत गर्नुपर्ने समय छ, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नहुनुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नम: न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दु:खीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी गर्न पाउनु भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन गर्ने समय हो । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने समय छ । मित्र र सहयोगीले बाचा पूरा गर्ने छैनन् र एैनमौकामा बन्नै लागेको काम बिग्रने सम्भावनासमेत देखिन्छ । त्यसैले कार्यक्षेत्रमा आफैं तन्मय भएर खट्नु बेस हुनेछ ।

आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जीवनसाथीले भावना र इच्छाको कदर गर्ने समय छ, प्रयास गरेमा तनाव र बोझ कम गर्न सकिन्छ । कुनै मन पिरोल्ने समस्यालाई हल गर्न सक्नुहुन्छ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । बाहिरको काममा दौडधूप गर्नुपर्ने परिस्थिति छ, दायित्व र बोझ पन्छाएर केही समय घुमघाम र रामरमाइलोमा बिताउने मनसायसमेत बन्नसक्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो । मिहिनेत गर्नु त ठीकै हुन्छ, तर स्वास्थ्यस्थितिको ख्याल राख्नुहोला । खुट्टा तान्ने र पछाडि बसेर खिसीट्युरी गर्नेहरू सक्रिय हुने दिन छ । गल्ती हुन्छ कि भनी सचेत भएर काम गर्नुहोला ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भूमिनन्दनाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । दार्शनिकता प्रति झुकाव बढ्नेछ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने समय हो । सांसारिक सुखप्रतिको अधिक झुकाव र जुनियर स्टाफको असहयोगका कारण बन्दव्यापार प्रभावित बन्ने दिन हो । तर आवश्यकता भएमा छोराछोरी वा भाइबहिनीले सहयोग गर्ने परिस्थिति छ ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

Post a Comment

Previous Post Next Post