कमिसनको चक्करमा तीन साझेदारको हत्या

२० माघ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्कमा रहेको घरमा बिहीबार साँझ एकहुल प्रहरी छिर्दा जमुना थापा मगर छक्क परिन् ।

घरधनी छोरो प्रदीप थापा मगर वैदेशिक रोजगारीका लागि दुबईमा थिए, बुहारी दिप्ती माइतमै बस्थिन् ।जमुनाले प्रहरीलाई घरमा ताला फोड्न खोज्नुको कारण सोधिन् । प्रहरीले घर पछाडि खोस्रिएको जस्तो ठाउँ देखाउँदै ‘एक जना व्यक्तिको शव हुनसक्ने आशंका गरेको’ बताए ।

जमुनाले जवाफ फर्काइन्, ‘के–को शव हुनु वेलावेला मुसाले खोस्रिराख्छ, मैले त इँटो पनि राख्दिन्थे, त्यही हो ।उनलाई त्यहाँ कसैको विभत्स तरिकाले हत्या गरेर शव गाडिएको होला भन्ने कल्पनै थिएन । तर सँगै रहेको अर्को छोराको घरको छतबाट हेर्दाहेर्दै प्रहरीले शव निकाल्यो । जमुनाले अनलाइनखबरसँग सुनाइन्, ‘शव देख्दा त झसंग भए, अनुहार चिनिने अवस्थामै थिएन ।

उनकाअनुसार तीनै छोरा विदेश छन्, थेचोमा दुई छोरा प्रदीप र देवराजको घरसँगै थियो । प्रदीपको घर पछाडि खाल्टोमा गाडिएको अवस्थामा तेह्रथुम, संग्रान्ती गाउँपालिका–२ का ६२ वर्षीय मोहन लिम्बुको शव बरामद भएको छ ।

गोदावरी नगरपालिका–४ की वडा सदस्य शोभा कार्कीका अनुसार प्रदीपको घर बाल संसार नामक मन्टेश्वरीलाई भाडामा दिइएको थियो । ‘कोरोना महामारीका कारण मन्टेश्वरी चलेन, बन्द भएपछि घरमा ताला थियो’ कार्कीले अनलाइनखबरसँग सुनाइन्, ‘तीन महिना अघि मात्रै मान्छे बस्न थालेका रहेछन् ।’

Post a Comment

Previous Post Next Post