यस्ता खाना जसले बनाउँछ तपाईलाई सुन्दर

अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ । क्रिम पाउडर घसिन्छ । तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ । खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला स्वस्थ सुन्दर बनाउन के खाने ?

अमला, कागती र भेडेखुर्सानी : भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।

गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ : बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।

सी फूड, गेडागुडी र प्याज : जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ।

ओखर र सोयाबिन : ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ।

Post a Comment

Previous Post Next Post