पोखरा घर भएका संजोग न्यौपाने अहिले २१ वर्षका भए ।उनी विगत ६ वर्षदेखि अ पांगहरुलाई हेरचाह गर्ने स्थलमा बस्दै आएका छन् । उनी यस्तो कलिलै उमेरमा यसरी अ पांग भएर बस्नु पर्दा निकै दुखी छन् ।
कोख मै हुँदा आमा घाँस काट्न जाँदा भीरबाट खसेपछी उनी अ पांग भएर जन्मिए ।उनको एउटा हात नै नचल्ने भएको छ भने खुट्टा पनि चल्दैनन् ।उपचार नगराएको पनि हैन आर्थिक स्थिति कमजोर भएको हुँदा सफल उपचार भने हुन सकेन ।
कक्षा ५ सम्म जसोतसो पढे ।त्यसपछि स्वास्थले नै उनलाई पढ्न लेख्न बन्देज गर्यो ।आफ्नो पनि धेरै सपना र चहाना भएको तर कुनैपनी पूरा हुन नसक्ने अवस्था अहिले आएको भन्दै उनी दुखि हुन्छन् ।
चर्पीसम्म आवतजावत गर्न सक्ने भएका उनी अहिले आफुलाई सहयोग गरेर राम्रो उपचार गराउन सकुँ भन्दै सबैलाई अपिल गरिरहेका छन् ।
भिडियो हेर्नुस् :-