बिहीबार सार्वजनिक गरिएको भिडियो सहितको “बाचेपो जिन्दगि” गीतमा चर्चित गायक प्रकाश सपुतसहित रामकुमार नेपाली लगाएतका कलाकाहरु रहेका छन् ।
दर्जनौ म्युजिक भिडियो निर्माण गरिसकेका सफल,चर्चित निर्देशक क्रान्ति केसीको निर्देशनमा “बाचेपो जिन्दगि” बोलको गित सार्बजनिक भएको हो ।गितमा प्रकाश सपुत,पुष्पराज अवस्थी,राधा श्रेष्ठ,शालिक भण्डारी,सन्तोष खनाल,धिरेन्द्र खड्का र निराजन केसी लगायतलाई फिचर्ड गराईएको छ ।
हरेक गीतहरुमा फरक फरक स्वाद पस्किन सिपालु रहेका प्रकाश अभिनित एक गितको भिडियो अहिले चर्चामा रहेको छ । टिकटक तथा सामाजिक सञ्जालमा लोकप्रिय बनिरहेको उक्त गीतको भिडियो हो ‘बाँचे पो जिन्दगी’ ।
अमृत भारतीको शब्द, रामकुमार नेपाली, संजय श्रीपाल र पबिन्द्र सुनारको स्वर रहेको छ । रामकुमार नेपालीलको सङ्गीत, र संजय श्रीपालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उत्सब दाहालको छायांकन रहेको भिडियोमा क्रान्ति केसीको नै सम्पादन छ । उक्त गित एकदमै राम्रो र मन छुने बनेको छ ।
यो समाचार तयार पार्दा सम्म ४ लाख जनाले हेरेका छन् भने करिब एक्काईस हजार भन्दा माथिले लाईक गरेका छन् । साथै २२ सय भन्दा माथिले कमेन्ट गरेका छन् । कमेन्टहरुमा गीत राम्रो लागेको भन्दै धेरैले शुभकामना दिएका छन् । गीतको भिडियो भोलुम अन अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो