सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

३ फागुन, काठमाडौं। मंगलबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार ६०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गतवर्ष फागुन ३ गते नै सुनको मूल्य आजकै बराबर थियो । आज तेजावी सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९५ हजार ५ सयमा छापावल र ९५ हजार रुपैयाँमा तेजावी सुनको मूल्य स्थिर थियो ।

Post a Comment

Previous Post Next Post