रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाे’क्किँदा तीन जनाको मृ,त्यु भएको छ । दुई जना गम्भीर घा,इते भएका छन् ।
कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठो’क्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।उनका अनुसार एक जनाको घ,टनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृ,त्यु भएको हाे । मृ,त्यु हुनेमा बुटवल –१२ का २७ वर्षीय सविन थारु, २८ वर्षका गोविन्द चौधरी र चालक ३० वर्षीय नविन श्रेष्ठ रहेका इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ।
दु,र्घटनामा परि गम्भीर घा,इते भएका बुटवल –१२ कै आशिस जिसी र भागिरथ चौधरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घा,इते र मृतक सबै कारका यात्रु हुन्।
दु,र्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए।