पत्रकार कु ट पि ट ले लियो यस्तो रु प,पत्रकार र अभियानता न्यायको लागि यसरी ल ड्दै (भिडियो हेर्नुस्)

केही समय अघि त्रीनेत्र कन्सलटेन्सीबाट बैदेशैक रोजगारी का लागि भन्दै १०० जना भन्दा धेरै युवाहरु युएई पुगेका थिए । उनिहरुलाई उक्त कन्सलटेन्सिले भिजिट भिसामा युएई पुर्याएको थियो

भिजिट भिसामा लगेता पनि युएई पुगेर कामदारको वर्किङ भिजा लगाई दिने र काम पनि लगाई दिने भन्दै उनिहरुबाट जनही दुई लाख भन्दा धेरै रकम उक्त कन्सल्टेन्सिले लिएको एक पीडितको भनाई थियो । तर युएई पुगेका उनिहरुलाई कुनै काम नदिएको र एउटा कोठामा थुनेर राखिएको उनिहरुले बताएका थिए ।

युएई पुगेर फर्किएका उनिहरु मध्येका एक युवकले आफुलाई आफ्नो लागत फिर्ता नदिएको भन्दै वैदेशिक रोजगार बिभागमा आफू ठगिएको भनी उजुरी दिएका थिए । तर त्यहाँबाट केही सहयोग नपाए पछि उनी मिडियामा आएका थिए । उनी मिडियामा आए पछि भने कुरा बिहिरिएको थियो । युएईमा रहेका अन्य युवाहरुले पनि फोन सम्पर्क गरि आफुहरु बन्दी बनेको बताएका थिए । एउटै कोठामा आफुहरु धेरैलाई राखेको र खाना पनि नदिएको उनिहरुले बताएका थिए ।युएई पुगेका मध्ये अहिले २१ जना जतिको उद्दार भै सकेको छ ।

 उनिहरु नेपाल आई सकेका छन । तर आफुहरुले आफ्नो लागेको क्षतिपूर्ति नपाएको उनिहरुले बताए । उनिहरुको कुरा मिडियामा मार्फत बाहिरिए पछि अहिले भने उनिहरुलाई बिदेश पठाउने दलाल हरुले युएईमा रहेका युवाहरुलाई यतै गा’यव गरिदिने ध’म्की दिन थालेको बताएका छन । आफुहरुले राजदुतावासबाट पनि केही सहयोग नपाएको युएईमा रहेका पीडित युवाहरुले बताए ।

आफुहरुले राजदुतावासमा सम्पर्क गर्दा तिमिहरु भिजिट भिसामा आएको रहेछ भन्दै आफुहरु केही गर्न नसक्ने बताएको पीडितहरुले गुनासो गरेका छन । आफुहरु गुनासो लिएर मिडियामा आएको र क्षतिपूर्ति माग गरेको थाहा पाए पछि अहिले कन्सलटेन्सिका दलालहरुले आफुहरुलाई यतै गा’यव गरिदिने ध’म्की दिन थालेकोले आफुहरुको ज्या’न जो’खिममा परेको पीडितहरुले बताएका छन । राजदुतावासले जुनसुकै भिजा लिएर गएको भएता पनि सहयोग गर्नु पर्ने जानकारहरु बताउँछन ।

पीडितहरुले श्रम मन्त्री तथा परराष्ट्र मन्त्रीलाई आफुहरुको उद्दार गरिदिन आग्रह समेत गरेका छन । राजदुतावासले पीडितहरुको गुनासो सुन्नु पर्ने र आफुले सक्ने पहल गर्नु पर्ने जानकारहरुको भनाई छ । यदि दुतबासबाट हुन नसके उस्ले सम्बन्धि निकायमा पहल गर्नु पर्ने जानकारहरुको भनाई छ । तर भिजाको प्रकार हेरेर त्यही अनुसारको ब्याबहार दूतावासले गर्न नमिल्ने उनिहरुले बताएका छन । ठग र दलाल कन्सलटेन्सिको इजाजत पनि खारेज गर्नु पर्ने उनिहरुको माग छ ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post