माछाले लियो एउटै घरका दाजुभाइ २० वर्षीय सुरज र १४ वर्षीय राकेशको ज्यान …

६ फागुन-पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृ,त्यु भएको छ ।माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृ,त्यु भएको हो ।

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृ,त्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो । घ,टनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post