आजकाे राशिफल, वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार आज श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, चन्द्रास्त :

दिउँसो ०१:०८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:५६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, फाल्गुन कृष्णपक्षको नवमी तिथि, दिउँसो ११:२० बजेसम्म, त्यसपछि दशमी तिथि, ज्येष्ठा नक्षत्र, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि धनु राशिमा, वज्र योग, बेलुका १०:५१ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा गर करण दिउँसो ११:२० बजेसम्म, त्यसपछि 

वणिज करण बेलुका १०:०७ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो (दिउँसो १०:४८ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (दिउँसो १०:४८ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पूर्व (दिउँसो ११:२० बजेसम्म), त्यसपछि उत्तर, वारशूल : पश्चिम,वाणपञ्चकमध्ये नृप (राज) वाण : सूर्योदयपूर्व ०३:५४ देखि भोलि बिहान ०३:४२ सम्म, नक्षत्र शूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : अन्वष्टका श्राद्ध

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १४ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन । १५ गते : श्री विजया एकादशी व्रत, त्रिपुष्कर योग बिहान ०७:३० बजेदेखि मध्यरात्रीपछि ०४:२३ बजेसम्म, १६ गते : श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), मूहुर्त : अन्नप्राशन(पास्नी), द्रव्यप्रयोग वा लगानी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

त्यस्ता चालचलन र व्यवहारप्रति तपाईंले आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । धेरै मिहिनेत गर्नुपर्छ । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ । नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने दिन हो । नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्छ ।

आजको भाग्यबल १० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वमृत्युनिवारकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर व्यस्तताका बाबजुद जीवनसाथीको इच्छा र रुचिलाई पनि ध्यान दिने समय हो । आन्तरिक प्रतिभा र क्षमतालाई बाहिर निकाल्ने समय हो । लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनसक्ने राम्रो दिन छ । कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर आज जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ द्रां द्रीं द्रौं स: शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामको बोझ र चाप बढ्नेछ । हरेक क्रियाकलापमा हतार नगर्नु होला, जुनसुकै कागजपत्रको समस्या र कानुनी पक्षबारे राम्ररी चिन्तन गर्नु ठीक हुन्छ । स्वास्थ्यस्थितिमा देखिएको कमजोरीले प्रेमसम्बन्ध र रोमान्टिक जीवन प्रभावित बन्ने समय छ, परिस्थिति विपरीत भए पनि आत्मबल कायम राख्दा विभिन्न अवसर भने प्राप्त हुने दिन छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । व्यर्थका काममा अल्मलिनु पर्नेछ । आज व्यक्तिगत स्वास्थ्यप्रति सचेत हुनुपर्छ साथै मुखलाई पनि कन्ट्रोलमा राख्नु राम्रो हुन्छ ।

आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वरोगहराय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुन: प्रारम्भ हुनेछन् । छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले चिताएको काम सम्पन्न गर्न सकिने छ । सीपमूलक शिक्षाका विद्यार्थीका लागि क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रम गर्नोस्, राम्रो उपलब्धि पाउनु हुनेछ, साथै भाग्यले समेत साथ दिने समय छ ।

आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शारदादेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बढी चिन्ता गर्नाले मानसिक शान्तिमा बाधा पुग्ने समय छ, आज घरभित्रका समस्या हल गरी नयाँ ढंगले अघि बढ्ने योजना बनाउनु होला । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले तथा बेलुका छिट्टै घर पुग्नाले केही फाइदा हुनसक्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला ।

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चं चन्द्रमसे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सहकर्मी साथीको मद्दतले कुनै महत्त्वपूर्ण कार्य सम्पादन गर्न सकिने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । घरपरिवारमा सम्पर्क गरी खैखबर बटुल्न सकिने छ । आज अचानक आकस्मिक धनको प्राप्ति हुने समय छ । गुमेको धन वा लगानीमा रहेको रकम फिर्ता आउन सक्छ ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । तर चिसोले सताउन सक्छ, होस राख्नुहोला । प्रतियोगिता वा प्रतिस्पर्द्धामा सामेल हुँदा सकारात्मक परिणाम पाउने समय हो । प्रशासन, न्यायिक क्षेत्र वा स्वास्थ्यक्षेत्रको पढाइ हो भने आजको दिन अझ उत्कृष्ट समय बन्नसक्छ । आश मारेको सम्पत्ति फिर्ता आउने समय हो । आर्थिक हैसियत बृद्धि गर्न वा भौतिक सम्मृद्धि बढाउने सिलसिलामा सक्रियता देखाएमा भविष्य सुध्रने सङ्केत छ ।

आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विगतका कुनै चिन्ता र विवादका बारेमा नघोरिनु होला, अब नयाँ ढंगले व्यवहार गर्न सकेमा मात्र प्रेमभाव प्रगाढ बन्नेछ । आफ्नो निर्णयमा गरिएको जुनसुकै काममा सफलता प्राप्त हुने दिन हो । यद्यपि कुनै महत्त्वकाङ्क्षी काममा दिलचस्पी छ भने जानकार व्यक्ति वा विशेषज्ञको सल्लाह लिएको राम्रो हुन्छ । नयाँ अनुभव वा ज्ञानराशि बटुलेर कारोबारलाई नयाँ ढंगले अघि बढाउने मनसाय बन्नसक्छ । हिसाबकिताबको मिलान र व्यवस्थापकीय जिम्मेबारीका लागि समेत केही समय छुट्याउनुपर्ने हुन्छ ।

आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्नुपर्छ । ढुवानीको काम वा मार्केटिङ सम्बन्धी कामलाई स्थगित राख्नु बेस हुन्छ । अरूको सरसहयोग र सल्लाह भन्दा पनि आफ्नो उपस्थितिलाई प्राथमिकता दिनु ठीक हुनेछ । जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । आर्थिक पाटो हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला, नत्र हिसाब नमिल्नाले तनाव बढ्नेछ ।

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउन सके महत्त्वपूर्ण उपलब्धिसमेत प्राप्त हुनसक्छ । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा लाभ मिल्ने दिन हो । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुन महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अलि बढी मिहिनेत गर्नुपर्ने समय छ, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नहुनुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । कर्मक्षेत्र बलियो भएको राम्रो समय छ । आज लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउने प्रयास हुनेछ । सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रातो/सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । जग्गाजमिन, निर्माण सामाग्री, खनिज र काष्ठ व्यवसायीले लाभ पाउने समय हो, कारोबारका अतिरिक्त धार्मिक/पारम्परिक काममा संलग्न हुने दिन हो । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ ।

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो नारायणाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Post a Comment

Previous Post Next Post