सुनसरीको धरानस्थित जंगलमा अलग-अलग जेब्राझोलाभित्र श’वका टुक्रा फेला परेका पुरुषको ह’त्या आफ्नै कान्छी पत्नी (श्रीमती)ले परपुरुषसँग मिलेर गरेको खुलेको छ।
झापाको दमक नगरपालिका-५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको ह’त्या उनकी कान्छी पत्नी ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो।सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार ह’त्यामा संलग्न अनिता र उनका प्रेमी विराटनगर महानगरपालिका–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई प’क्राउ गरिसकिएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मु’द्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर घ’टनाको बाँकी अनुसन्धान अघि बढाइएको जानकारी थापाले दिए।
वी’भत्स तरिकाले ह’त्या गरेपछि शरीरलाई टु’क्राटुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फ्यालिएको अवस्थामा एक साताअघि दिनेशको शव भेटिएको थियो।
घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको हो। भोलिपल्ट अर्थात बिहीबार करीब १ किलोमिटरमाथि जीउसहितका अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि भेटियो।
घ’टनास्थल धरान बजारबाट लगभग ७-८ किलोमिटर उत्तरमा पर्छ। कुहिएर दु’र्गन्ध फैलिएको अवस्थामा भेटिएको श’वको पहिचान तत्काल खुलेन। सोमबार साँझ पहिचान खुलेपछि प्रहरी ह’त्यारासम्म पुग्न सफल भएको हो।घ’टनालाई निस्कर्षमा पुर्याउनका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, संघीय इकाई प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली परिचालन गरिएको थियो।
एसपी थापाका अनुसार दिनेश अघिल्लो वर्ष पुसमा वैदेशिक रोजगारीका लागि बहराईन गएको खुलेको छ। स्वास्थ्यमा समस्या भएर कम्पनीले विदा दिएपछि उनी गत पुस २० गते नेपाल फर्किएको उनले बताए।
काठमाडौं आएको भोलिपल्ट विराटनगर आएपछि कान्छी पत्नीसँग उनको भेट भयो। त्यो रात दुवै जना विराटनगरकै फेमिली होटल एन्ड लजमा बसे। प्रहरीका अनुसार डेरा खोजेर कान्छी पत्नीलाई विराटनगर–३ पिपल चोकमा राखेर उनी बहराईन गएका थिए।
होटलबाट पुस २२ गते बिहान दिनेश कान्छी पत्नीको डेरा घरको कोठामा आए। त्यही दिन साँझतिर कोठामै गलबन्दीले घाँटी क’सेर अनिता र सरोजले दिनेशको ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।एसपी थापाका अनुसार विदेशबाट आएर भेट भएको भोलिपल्टै अनिताले आफ्ना प्रेमीसँग मिलेर पति दिनेशको ह’त्या गरेको पत्ता लागेको छ।
ह’त्या गरेपछि रातभर श’व कोठामै राखेछन्, उनले भने, ‘भोलिपल्ट अर्थात पुस २३ गते ह’त्या गरिएकै कोठामा टु’क्राटुक्र बनाएपछि टाउको र खुट्टाको भाग जेब्रा झोलामा प्याक गर्दै टेम्पोमा राखी धरानको जंगलमा पुर्याएर फ्या’लेछन्।कोठामै छाडिएको शरीरको अरु भाग भोलिपल्ट व्यवस्थापन गरेको पाइयो।
थापाका अनुसार टाउको र हातको भाग धरानको जंगलमा व्यवस्थापन गरेपछि अनिता र सरोज धनकुटाको भेडेटार गएर एक रात बसेको खुलेको छ। उनीहरु भेडेटारबाट भोलिपल्ट अर्थात पुस २४ गते विराटनगर फर्किएको जानकारी थापाले दिए। उनका अनुसार भेडेटारबाट फर्किएपछि उनीहरुले कोठामै छाडेको शरीरको अरु भाग लगेर त्यही जंगलमा व्यवस्थापन गरेका हुन्।
श’व लैजान प्रयोग गरिएको टेम्पोको नम्बर भने खुलेको छैन। हत्या गरेपछि खुकुरी र आल्मुनीयम एवं रड काट्न प्रयोग गरिने ग्रेन्डर मेसिन किनेर काट्दै श’वलाई टुक्रा पारिएको पाइएको एसपी थापाले बताए।पति विदेशमा भएका बेला सरोजसँग अनिताको प्रेम बसेछ।
फर्किएर आएपछि प्रेममा बाधक बन्ने देखेर योजनावद्ध तरिकाले दुवै जनाले ह’त्या गरेको पाइयो, एसपी थापा भन्छन्, श’व एक रात कोठामै राखिएको रहेछ। भोलिपल्ट काटेर टु’क्राटुक्रा बनाउँदै जंगलमा लगेर व्यवस्थापन गरेको खुल्यो।’ उनका अनुसार गत दसैंदेखि अनिता र सरोज प्रेम सम्बन्धमा रहेका थिए।
सुनसरी प्रकाशपुर माइती भएकी अनितासँग दिनेशको १० वर्षअघि प्रेम विवाह भएकोे उनले बताए। कान्छी पत्नीतर्फ दिनेशकी ७ वर्षकी छोरी छन्। अनितासँग प्रेममा परेका सरोजको पनि पत्नीसँग घरवार बिग्रिएको पाइएको छ।
प्रहरीका अनुसार पत्नीसँग सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनी अनितासँग गत दसैंदेखि नियमितजसो बस्न थालेको खुल्यो। अनिताले भने सरोजसँगको प्रेम सम्बन्ध थाहा पाएपछि दिनेशले मदिरा सेवन गरेर आफूमाथि कु’टपिट गरेका कारण ह’त्या गरेको प्रहरीलाई बताएकी छन्।
ईलामको बाँझो घर भएका दिनेश केही समयअघि परिवारसहित दमक बसाइँ सरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २२ वर्षअघि बिहे गरेकी जेठी पत्नी निर्मला सिग्देल भने छोराछोरीसहित झापाको झिलझिलेमा बस्दै आएकी थिइन्। जेठी पत्नीतर्फ दिनेशका दुई छोरा र दुई छोरी रहेको जानकारी प्रहरीले दिएको छ।