खानासँगै पानी पिउन हुन्छ कि हुँदैन ?

हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरि’काले रहँदा नै पाचन प्रणालीले पनि सही रूपमा काम गर्छ ।

पाचन प्रणालीको ठोस र तरल दुवै भागले एकैचोटि खाना पचाउन सक्रियता देखाउँछन् । शरी’रका लागि पानी मुख्य तत्त्व हो त्यसैले दिनभरिमा भरपूर पानी सेवन गर्दा शरीरमा आर्द्रता कायम रहन्छ र दिसा पनि नरम रहन्छ ।खाना खाँदाखेरी पानी पिउने कि नपि’उने भन्ने विषयमा दुईमत पाइन्छ । खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।

तर यो सही होइन । धेरैथरी मेडिकल स्ट’डीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फ’रक पर्दैन । त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ । तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन ।

खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको स’मस्या हुँदैन किनकि पानीले शरीरको वि’षाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ । पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन । यससम्बन्धमा अझ बढी जानकारी लिनका लागि पो’षणविद्सँग सम्पर्क गर्नुहोला ।

Post a Comment

Previous Post Next Post