फार्मेसीमा बील तीर्न नसक्दा पाँच दिनदेखि ‘बन्धक सुत्केरीको शव घर ल्याएर गरियो अन्त्येष्टि

अस्पतालको फार्मेसीमा बील तीर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अलपत्र सुत्केरीको शव पाँच दिनपछि घर ल्याएर अन्त्येष्टि गरिएको छ।

सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझीको गएको शनिबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानमा मृत्यु भएको थियो।गाउँलेले चन्दा संकलन गरेर जल्पा फार्मेसीको ८० हजार रुपैयाँ बील तिरेर पुनमको शव घरमा ल्याई बुधबार राति अन्त्येष्टि गरिएको स्थानीय राहुलराज यादवले जानकारी दिए। उपचारको क्रममा शनिबार साँझ मृत्यु भएपछि अस्पतालको गेटमा अरविन्द्र

यादवले सञ्चालन गरेको निजी जल्पा फार्मेसीले पहिला औषधिको २ लाख ५ हजार रुपैयाँ तिरेर मात्र शव उठाउन भनेका थिए। विपन्न दलित परिवार फार्मेसीको रकम तिर्न नसक्दा पुनमको शव पाँचदिन अस्पतालमै अलपत्र परेको थियो।शव फार्मेसीले ल्याउन नदिने भनेपछि गाउँका युवा राहुलराजको नेतृत्वमा ८० हजार रुपैयाँ चन्दा संकलन गरिएको थियो।

रामचन्द्रका अनुसार ८० हजार बुझाएर शव घर लग्न खोज्दा पनि फार्मेसीले रोकेको थियो। तर पछि बाँकी रकम भुक्तानी गर्ने शर्तमा शव घर ल्याउन दिएको रामचन्द्रले बताए।फार्मेसी सञ्चालकले धम्काएपछि रामचन्द्र अस्पताबाट पत्नीको शव लग्न सकेका थिएनन्। ****अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post